
काठमाडौं, २० असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजारमा गिरावट भएको छ । नयाँ आर्थिक वर्ष २०८० काे आरगमन र पूरानाे आर्थिक वर्षकाे बिदाइ निजकिएकाे बेला सेयर बजारकाे घट्दाे क्रम यथावत् रहेकाे छ ।
सबै १३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैकाे सेयर घटेको छ । कारोबार रकम सन्तोषजनक भएपनि अघिल्ला दिनहरुको भन्दा कम भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९.२६ अंकको गिरावट भएको छ । यसरी घटेको नेप्से २०४९.४४ विन्दुमा झरेको छ । नेप्सेमा १.८८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.८९ अंकले घटेर ३८२.७४ विन्दुमा रहेको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । यसदिन कुल २७७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ८० लाख ९२ हजार ९६९ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ७३ करोड ९ लाख ९२ हजार १३६ रुपैयाँ ७८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको १६ करोड ४९ लाख १२ हजार ५९६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सिटि होटल लिमिटेडको सेयरमूल्य बढेको छ । सो होटलको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पिबिडव्लु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार घटेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




