काठमाडौं, ४ मंसिर । सरकारले अन्तराष्ट्रिय आवागमनलाई मंसिर ३० गतेसम्म बन्द गर्ने भएको छ । नेपाल सरकारको कार्तिक २४ गतेको निर्णय अनुसार नेपालको अन्तराष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमनलाई मंसिर ३० गते मध्यरातसम्म स्थगित गरिएको अध्यागमन विभागका निर्देशक टेकनारायण पौडेलले जानकारी दिए ।
नेपाल आगमन गर्ने विदेशी नागरिकको हकमा, नेपालस्थित विदेशी कुटनीतिक नियोग, अन्तराष्ट्रिय संघसंस्था र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा कार्यरत विदेशी नागरिक, परिवार, नेपालीमूलका गैर आवासिय विदेशी नागरिक, उनीहरुका परिवारका सदस्यहरुलाई यात्रा सुरु गर्नुअघि ७२ घन्टाभित्रको पीसीआर परीक्षण नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेशको अनुमति दिईने भएको छ । पीसीआर रिपोर्ट नेगेटिभ भएका अभिभावकका ५ वर्ष मुनिका बालबालिकाहरुको हकमा पीसीआर रिपोर्ट आवश्यक नपर्ने जनाईएको छ ।
पीसीआर रिपोर्ट अन्तर्गत आरटी पीसीआर, जीन एक्सपर्ट, ट्रु नाट वा सो सरहका परीक्षण प्रमाण पत्रलाई मान्यता दिईने भएको छ । यस्तै, अन्य विदेशी नागरिकहरुलाई संस्थागत सिफारिसको आधारमा मात्र आगमन विन्दुमा भिसा प्रदान गरिने भएकोले नेपाल आउनै पर्ने भएमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूरा गर्ने सर्तमा आगमनको अनुमति दिईने भएको छ ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



