युनाईटेड इदी-मर्दी हाइड्रोपावरकाे शेयरमा मागभन्दा धेरै आबेदन

-



     सफल आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ४ मंसिर । युनाईटेड इदी-मार्दी हाइड्रोपावरद्वारा सर्वसाधारणका लागि शेयर निष्काशन गरिएकाे पहिलो दिनमै बुधवार माग गरेभन्दा धेरै आबेदन परेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे ग्लोवल आइएमई क्यापिटलका अनुसार माग गरेभन्दा धेरै शेयर लगानीकर्ताले आबेदन दिएका छन् । जस्अनुसार ८३ हजार आबेदनमा ११ लाख ३८ हजार २६० कित्ता शेयरको लागि लगानीकर्ताले आबेदन गरेका हुन् ।

यसअघि आयाेजना प्रभाबित स्थानियका लागि खुला गरिएकाे शेयरमध्ये बिक्री नभइ बाँकी रहेकाे शेयरसहित ८ लाख ७३ हजार ९१० कित्ता शेयर बुधबारबाट बिक्रीका लागि खुला गरिएकाे हाे ।आयोजना प्रभावित स्थानीयका लागि खुला गरिएकाे ४ लाख २० हजार कित्ता मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता थप गरेर कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गरेकाे थियाे ।

४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडिएकाे छ । १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ भने सर्वसाधारण लगानीकर्ताका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन खुला गरिएकाे हाे । सर्वसाधारणले मंसीर ७ गतेसम्म आवेदन दिन सक्ने समय बाँकी नै रहेकाे छ ।