अमेरिकी डलर, यूरोसहित विदेशी मुद्राको विनिमय दर बढ्यो

-



     सफल आवाज    
     असार २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोसहित अन्य देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रिदर १३२ रुपैयाँ ३२ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १४४ रुपैयाँ ६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ २० पैसा र बिक्रीदर १६८ रुपैयाँ ९७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ १७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा रहेको छ ।

आजको मूल्यसूची