
काठमाडौं, २२ असार । बिगत १८ दिनदेखि राेकिएकाे घाेराही सिमेन्टकाे सेयर आईपीओ निष्काशनकाे प्रक्रिया आजबाट शुरु भएकाे छ । असार २० गते नेपाल धिताेपत्र बाेर्ड (सेबाेन)ले दिएकाे निर्देशन अनुसार घोराही सिमेन्टकाे सेयरमा आजबाट आवेदन पेश गर्न सकिने भएकाे हाे ।
सेयरमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे मितिसम्म माग बमाेजिमकाे आवेदन नपरेमा असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीकाे सूचना अनुसार सेयर भरिसकेका आवेदकले सेयर संख्यामा थप/घट गर्न वा आवेदन फिर्ता लिन चाहेकाे खण्डमा असार २२ गतेदेखि २४ गतेसम्म सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुमा आवेदन दिन सकिने जनाइएकाे छ ।
प्रतिशेयर रु १०० अंकित दरमा रुपैयाँ ३३५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर खुलाइएकाे हाे । सेयर लगानीकर्ताले घटीमा १० तथा बढीमा १० लाख कित्तासम्म माग गर्न सक्नेछन् ।
उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ३ लाख ५३ हजार ५०० मेट्रिक टन रहेको छ । वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ४० हजार, पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन रहेको छ। इकाई उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ५ लाख ८५ हजार ९०० मेट्रिक टन रहेको छ । वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ९० हजार, पीपीसी सिमेन्ट क्षमता १ लाख २० हजार र पीएससी सिमेन्ट क्षमता ९० हजार मेट्रिक टन उत्पादन हुने गरेको छ।
सेयर भर्न चाहने सेयर लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रह बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन् । यस्तै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
सेशेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन्।
यस्ताे छ सेबाेनकाे निर्देशन








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




