यस्ताे छ आजकाे सुन र चाँदीको भाउ

-



     सफल आवाज    
     असार २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ असार । साताको सुनचाँदीको कारोबार हुने आज शुक्रबार छैटौं दिन हो । यसदिन सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १० हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले घटेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयामा खरिदबिक्री भएको थियो ।