यी ७ नयाँ ब्रोकर कम्पनीले पाए नेप्सेबाट ब्रोकर नम्बर, असारभित्रै काराेबार शुरू गर्ने

-



     सफल आवाज    
     असार २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ असार। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ वटा नँया ब्रोकर कम्पनीहरुलाई पहिलाे चरणमा ब्रोकर नम्बर प्रदान गरेको छ। पूर्वाधार निरीक्षण सकिएका ७ वटा ब्रोकर कम्पनीहरुलाई नेप्सेले बिहीबार नम्बर प्रदान गरेको हो।

नयाँ ब्रोकर नम्बर पाउने कम्पनीहरुमा मियो सेक्युरिटिज, सन् सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज,भोला गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोक्रेज लिमिटेड र प्रोपर्टी बिजवार्ड रहेका छन।

यी कम्पनीहरु मध्ये भोला गणेशले ६१, क्यापिटल म्याक्सले ६२, हिमालयनले ६३, सन् सेक्युरिटिजले ६४, सेयरप्रोले ६५, मियो सेक्युरिटिजले ६६ र प्रोपर्टी बिजवार्डले ६७ ब्रोकर नम्बर पाएका छन।

सबै नयाँ ब्रोकर कम्पनीहरुले असारभित्रै सेवा संचालन गर्ने बताएका छन्। नेप्सेको बुधबार बसेको संचालक समितिको बैठकले निर्णय गरेको लगत्तै नयाँ सदस्यता प्रदान गरेको बताएकाे छ।