
काठमाडौं, २५ असार । आइएमई लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आज आवेदन दिने अन्तिम दिन बाँकी रहेकाे छ । यसअघि असार २० गतेबाट सेयर खुल्ला गर्ने बताइएकाेमा प्राविधिक कारणले असार २१ का लागि मिति सारिएकाे थियाे ।
इन्स्योरेन्सले जनाए अनुसार प्रतिशेयर रुपैयाँ १०० अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिशेयर २३६ रुपैयाँ ९१ पैसामा कायम गरी सेयर खुलाइएकाे हाे।
इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर खुलाउने भनेकाेमा १२ लाख कित्ता सेयर वैदेशिक राेजगारमा गएका नेपालीहरुका लागि बाँडफाँड भइसकेकाे छ ।
६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा ६ लाख कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। सर्वसाधारण लगानीकर्ताले ९६ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि असार २५ आजसम्म आवेदन दिने मिति ताेकिएकाे छ । साे अवधिमा माग अनुसारकाे आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले घटीमा १० र बढीमा १० हजार कित्ता माग गर्न सक्नेछन् ।
सेयर भर्न चाहने इच्छुक लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सेवामा सदस्य रहेका बैंक तथा वित्तयि संस्थाहरु र शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन् । यस्तै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




