नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार

- सोल्टी होटलकाे कारोबार अब्बल

-



     सफल आवाज    
     असार २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार ओरालाेको यात्रामा गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८० अंकले घटेर २०७६.९६ विन्दुमा झरेको छ । नेप्सेमा ०.०४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.११ अंकले बढेर ३८८.६२ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहरुमध्ये ७ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । ६ वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

कुल ९९३ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँ ३५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको ३३ करोड १२ लाख ९० हजार ९१२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.३४ अंकले घटेको छ ।