अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यकाे कति ?

-



     सफल आवाज    
     असार २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८१ पैसा र बिक्रिदर १३२ रुपैयाँ ४१ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५६ पैसा बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रुपैयाँ १७ पैसा रहेको छ ।

आजको मूल्यसूची