नेप्सेमा ४.७३ अंकको गिरावट, २ अर्ब ८५ कराेडकाे कारोबार

-



     सफल आवाज    
     असार २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा ओरालोको यात्राले निरन्तरता पाएको छ ।

सोमबार झिनो अंकले घटेको सेयर बजारमा मंगलबार ४.७३ अंकको गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम पनि कमी भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.७३ अंकले घटेर २०७२.२४ विन्दुमा झरेको छ । नेप्सेमा ०.२३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.२५ अंकले बृद्धि भएर ३८८.८६ विन्दुमा रहेको छ ।

यसदिन कुल २८३ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ। कम्पनीको ७९ लाख ८८ हजार ९८६ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० रुपैयाँ ४७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छख । कम्पनीको १२ करोड ७८ लाख १३ हजार ७१९ रपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूूल्य १० पतिशतले बढेको छ । सबैभन्दा धेरै सिंगटी हाईड्रो इनर्जि लिमिटेडको सेयरमूल्य घटको छ । कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशतले घटेको हो ।