विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

-



     सफल आवाज    
     असार २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोकोसहित अन्य देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर १३२ रुपैयाँ ९ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६४ पैसा बिक्रीदर ८८ रुपैयाँ ४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४४ पैसा रहेको छ ।

आजको मूल्यसूची