लक्ष्मी क्यापिटलले ‘लक्ष्मी भ्यालु फण्ड’ निष्काशन गर्ने

-



     सफल आवाज    
     असार २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ असार । लक्ष्मी क्यापिटल मार्केटले फेरी म्युचुअल फण्ड निष्काशन गर्ने भएकाे छ। क्यापिटलका अनुसार लक्ष्मी भ्यालु फण्ड २ काे नाममा उक्त म्युचुअल फण्ड निष्काशन गर्ने भएकाे हाे । याे एक बन्दमुखी योजना रहेकाे कंपनीकाे भनाइ छ।

साे फण्डकाे प्रति इकाई रु १० अंकित मूल्यमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीका लागि निश्काशन गरिने भएकाे हाे । यमा १ करोड २० लाख इकाई कोष प्रवर्धक रहेकाे लक्ष्मी बैंकका लागि सुरक्षित हुनेछ । बाँकी रहने ८ करोड ८० लाख इकाईमा सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

यसमा लगानीकर्ताले साउन ५ गतेदेखि ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा घटीमा १०० र बढीमा ८० लाख इकाईका लागि आवेदन दिन पाइने छ। ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेमा साउन १९ गतेसम्म आवेदन दिन पाइने भएकाे छ ।

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको अवधि १० वर्षकाे रहेकाे छ । इच्छुक लगानीकर्ताले इकाईमा लगानी गर्नका लागि सेबाेनबाट सिआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउने सुविधा रहेकाे छ । इकाईकाे निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेकाे छ।