काठमाडौं, २७ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।
कारोबार रकम औसतमा ठीकै भएपनि उल्लेखनिय प्रगति भने भएन । तर नेप्सेमा देखिएको सकारात्मक लयले लगानीकर्तामा उत्साह थपिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०९७.५५ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.२८ अंकले बढेर तोलाको ३९२.१५ विन्दुमा पुगेको छ ।
यसदिन १३ वटा उपसमूहरुमध्ये २ बाहेक सबैमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । कुल २८९ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ८५ लाख ४ हजार ३७८ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँ ३४ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको ३३ करोड ९३ लाख ५१ हजार १०१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै शिव श्री हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै इनर्जि डेभलपमेन्ट लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




