नेप्सेमा १२.६२ अंकको गिरावट, ३ अर्ब ३९ करोडको कारोबार

-



     सफल आवाज    
     असार २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ असार । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम बिहिबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६२ अंकले घटेर १२८४.९३ विन्दुमा झरेको छ । नेप्सेमा ०.६० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.९० अंकले घटेर ३९१.२५ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी १० वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

यसदिन कुल २९६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ९३ लाख ८२ हजार ४४० कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ ३१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको २३ करोड ७५ लाख ९३ हजार ३४८ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी १० प्रतिशत एनएमबि डिबेन्चर २०८५ को सेयरमूल्य बढेको छ । सो डिबेन्चरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.०५ प्रतिशतले घटेको हो ।