राजस्व संकलन गर्ने बैंक तथा राजश्व कार्यालयहरू शनिबार खुल्ला गर्न विभागकाे अनुराेध

-



     सफल आवाज    
     असार २९ गते २०८० मा प्रकाशित



काठमाडौ, २९ असार। आन्तरिक राजस्व विभागले कर बुझाउने र साे सम्बन्धी कामका लागि भाेलि शनिबार सबै राजस्व कार्यालय तथा राजस्व संकलन गर्ने बैंकहरुलाइ खुला गर्न अनुराेध गरेकाे छ।

करदाताहरुले वर्ष २०७९/८० को अनुमानित करको शतप्रतिशत रकममध्ये तिर्न बाँकी रकम (तेस्रो किस्ता) २०८० असार महिनाभित्र पेश गर्नुपर्ने कानुनी व्यवस्था भएकाले विभागले कर कार्यालय र बैंकलाइ अनुराेध गरेकाे हाे ।

विभागले शनिबार सार्वजनिक बिदाको दिन भएपनि ठुला, मध्यमस्तरीय करदाता, आन्तरिक राजस्व, करदाता सेवा कार्यालयहरु र राजस्व संकलन गर्ने बैंकका शाखाहरु, रकम सङकलनका काउन्टर खुला रहने जनाएकाे छ । साथै विभागले भुक्तानी क्लियरिङको काम गरिने पनि जनाएकाे छ ।