
काठमाडाैं, २९ असार । खल्तीले +२ कलेजहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवेश परीक्षाका लागि आवेदन दिन डिजिटल प्रणाली ‘प्रवेशिका’ उपलब्ध गराएको छ। यस प्लेटफर्मबाट, एसईई उत्तीर्ण विद्यार्थीहरूले एकै पटक ५०+ कलेजहरूमा आवेदन दिन सक्नेछन्। यससँगै प्रवेशिका मार्फत आवेदन दिने ५ विद्यार्थीलाई १ वर्षको १००% छात्रवृत्ति पनि उपलब्ध हुनेछ।
प्रवेशिका मार्फत हालै काठमाडौं उपत्यका रहेका कलेजकालागि एकै ठाउँमा भर्ना आवेदन दिन मिल्ने प्रणालीको रूपमा काम गर्दछ। यो प्रयोगकर्ता-अनुकूल डिजिटल प्लेटफर्मले कलेज र विद्यार्थीहरूलाई एक साझा प्लेटफर्ममा ल्याउँदै कलेज भर्ना प्रक्रियामा दुवै पक्षहरूलाई सजिलो बनाउँछ।
अहिले प्रवेशिकाले काठमाडौं उपत्यका भित्र रहेका ५०+ भन्दा बढी कलेजहरूको विकल्प प्रदान गर्दछ र आउँदा दिनमा उपत्यका बाहिरका कलेजहरू पनि उपलब्ध गराउने उदेश्य राखेको छ। यसैबीच, यस प्लेटफर्मको साथ, कलेजहरूले भौतिक फारमहरू सङ्कलन गर्ने झन्झटलाई पनि समाधान गर्न सक्छन् र सहज प्रवेश प्रक्रिया व्यवस्थापन गर्न सक्छन् ।
बिद्यार्थी वर्गले पनि छोटो समयमा सजिलै घरै बसी ६०+ कलेज मध्ये आफूलाई अनुकूल हुने कलेज छनौट गरि आवेदन दिँदै भर्ना प्रक्रिया अगाडी बढाउन सक्ने बताइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




