
काठमाडौं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ अध्यक्ष शिवशंकर साहले महासंघको निर्वाचन स्थगनको माग गरेका छन् ।
उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंसमक्ष बिहीबार निवेदन दायर गर्दै आगामी मंसिर १३ मा हुने भनिएको निर्वाचन अवैधानिक हुँदा तुरुन्त स्थगन गरी वैध तरिकाले महासंघ संचालन हुने उपयुक्त व्यवस्थापन गर्न माग गरेका हुन् ।
निवेदनको व्यहोरा अनुसार महासंघको विधानको धारा ३५ अनुसार पदावधि ३ वर्ष हुने भए अनुसार प्रत्येक ३ वर्षमा हुने निर्वाचन गत वर्षको चैत २८ मा हुनेपर्ने थियो तर परिस्थितिले हुन सकेन । अर्थात् केन्द्रीय कार्यकारिणी पदावधि सोही मितिबाट समाप्त भयो । त्यसपछि कार्यसमितिको नामबाट पदाधिकारीको नामबाट जे जो काम हुन्छ, त्यो सबै अवैध र गैरकानुनी हुन् । महासंघको राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार दर्ता भएकोले संघको देव विकास बैंक संस्थाहरुको दर्ता खारेज भैसकेको छ । त्यस्ता संस्थालाई मतदाता बनाइ निर्वाचन गर्नु अवैध हुने उनको दाबी छ ।
साथै निवेदनमा भनिएको छ, ‘एशोसिएटतर्फबाट सदस्य संस्थाको कम्पनी, निर्देशन र प्रमुख कार्यकारी अधिकृतले मात्र मतदान गर्ने व्यवस्था विधानमा गरिएको छ, तर हाल यी सदस्य मतदाताको फर्जी प्रतिनिधिको रुपमा प्रोक्सी मतदान गर्ने व्यवस्था गर्दै निर्वाचन गर्न खोजिएको छ, त्यो सरासर गलत छ । त्यसैले यो निर्वाचन रोक्नैपर्ने अवस्था छ ।’
निवेदक साह जनकपुर उद्योग वाणिज्य महासंघको नि.अध्यक्ष, उद्योग वाणिज्य महासंघ स्थायी समिति सदस्य अर्थात् केन्द्रीय कार्यकारिणी समितिको सदस्य समेत छन् ।
आगामी मंसिर ११ देखि १३ सम्म महासंघको ५४ औँ साधारणसभा हुँदैछ ।








पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



