शनिबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

-



     सफल आवाज    
     असार ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ बढेको छ । साथै अन्य केहि देशको मुद्राको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । यूरो १ को खरिददर १४७ रुपैयाँ १९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ १० पैसा बिक्रीदर ९० रुपैयाँ ५१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ९८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७६ पैसा रहेको छ ।

आजको मूल्यसूची :