‘मियो सेक्युरिटिज'(ब्रोकर नं ६६)ले शुरू गर्याे शेयर कारोबार

-



     सफल आवाज    
     असार ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० असार। मियो सेक्युरिटीज प्रा लि ले शेयर खरिद बिक्री कारोबार शुरू गरेको छ। ब्रोकर नम्बर ६६ रहेको याे कम्पनीले हालैमात्र धितोपत्र बोर्डबाट कारोबार गर्ने स्विकृती पाएकाे थियाे। शेयर खरिद बिक्री कारोबार शुभारम्भपछि नेप्सेकाे फ्लाेर सिटमा मियो सेक्युरिटीज (ब्रोकर नम्बर ६६ ) देखिन थालेकाे छ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट यही असार २१ गते ब्राेकर नम्बर ६६ रहेकाे प्रमाणपत्र प्राप्त गरेकाे हाे । मियो सेक्युरिटीजकाे हाल काठमाडाैं १ हात्तीसारमा कार्यालय रहेकाे कंपनीका प्रमुख कार्यकारी अधिकृत सुमन मल्लले बताएका छन।

ब्राेकरेज कारोबार शुभारम्भसँगैं लगानीकर्ताहरूलाइ स्मार्ट सर्भिस प्रदान गर्दै सेयरबजारलाई थप सुदृढ, विश्वसनीय बनाउदैं बिश्वासिलाे धितोपत्र ब्रोक्रर कम्पनीका रूपमा स्थापित हुने लक्ष्यका साथ अघि बढेकाे प्रमुख कार्यकारी अधिकृत मल्लले बताएका छन ।

उनले शेयर खरिद बिक्री कारोबार ब्रोकर नम्बर ६६ बाट गरेर सेवा गर्ने अवसर दिनुहुन ग्राहकवर्गमा अनुराेध समेत गरेका छन।

मियो सेक्युरिटीजकाे संचालकमा कैलाश खत्री, बिराेचन खनाल र सन्दिप दाहाल छन। कंपनीमा चाटर्ड एकाउन्टेण्ट, बैकर लगायत बिभिन्न पेशा ब्यवसायमा संलग्न ७८ जना लगानीकर्ताहरूकाे लगानी रहेकाे बताइएकाे छ।