नेप्सेमा १२.१६ अंकको बृद्धि, २ अर्ब ३७ करोड कारोबार

-



     सफल आवाज    
     असार ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ असार । साताको सेयर कारोबार हुने पहिलो दिन तथा याे आर्थिक वर्षको सेयर कारोबार हुने अन्तिम दिन आइतबार नेपाली सेयरबजार सकारात्मक लयमा गएको छ । यसले लगानीकर्ताहरुको मनोवल बढाएको छ भने कारोबार समेत सन्तोषनक रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.१६ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से परिसूचक २०९७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.९० अंकले बढेर ३९४.१५ विन्दुमा रहेको छ ।

यसदिन १३ वटा उपसमूहहरुमध्ये ८ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ५ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ ।

कुल २८६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७१ लाख ८४ हजार २५४ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँ ७७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको १९ करोड १३ लाख ११ हजार ३७२ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सनराइ फोकस्ड इक्वीटि फण्डको सेयरमूल्य बढेको छ । सो फण्डको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लिवर्टी इनर्जि कम्पनी लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशतले घटेको छ ।