महिला लघुवित्तद्वारा शेयर निष्काशनको अनुमति माग

-



     सफल आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ मंसिर । महिला लघुवित्त वित्तीय संस्थाले शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता निष्काशन गर्नका लागि लघुवित्तले बोर्डसंग अनुमति मागेको हो ।

महिला लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीाई मर्चेन्ट तोकिएको छ । शेयर निष्काशनको तयारी गरेको लघुवित्तले यस वर्षको पहिलो त्रैमासमा नाफा पनि आर्जन गरेको छ ।

संस्थाले यस अवधिमा १ करोड, ९८ लाख ८५ हजार रूपैयाँ खुद नाफा कमाएको हो । उक्त नाफा गएको वर्षको भन्दा २६४.१३ प्रतिशतले धेरै हो । गएको वर्ष संस्थाले ५४ लाख ६१ हजार खुद नाफा गरेको थियो ।