
काठमाडौं, ३१ असार । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएकाे छ । निगमले स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेपछि डिजेल, पेट्राेल र खाना पकाउने ग्यासकाे मूल्य घटाएकाे हाे ।
निगमकाे सञ्चालक समितिले गरेकाे निर्णय अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको सूचना प्रकाशन गरेकाे छ । यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ घटेकाे निगमले जनाएकाे छ ।
मूल्य घटेपछि काठमाडाै उपत्यका पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँमा पाइनेछ । डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ भने ग्यासको मूल्य प्रतिसिलिण्डर १७९० रुपैयाँ कायम गरिएकाे निगमले जनाएकाे छ ।
मूल्यसूची








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




