प्रभु क्यापिटलले ल्यायाे लाेयल्टी पोईन्टस् अफर

-



     सफल आवाज    
     श्रावण १ गते २०८० मा प्रकाशित



काठमाडाैं, १ साउन । प्रभु क्यापिटलले लाेयल्टी पोईन्टस् अफर संचालनमा ल्याएको छ। मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा संगै लाेयल्टी पोईन्टस् साथै रिफरल अफर लन्च गरेको हाे।

ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिने उद्देश्य लिएकोे प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको बताएकाे छ । क्यापिटलले याे अफर २०८० साल श्रावण ०१ गतेदेखि सार्वजनिक गरेको हो ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोईन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ । सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंक कपी र शेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सक्नेछन ।

सेवाग्राहीले पोईन्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नविकरण गर्नका साथै प्रभु क्यापिटलसँग आवद्द विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिने गरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजिकरण गर्दै आएको बताएकाे छ ।