
काठमाडौं, २ साउन । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। कम्पनीले असार १९ गतेदेखि वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरेकाे थियाे ।
आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयरमा आवेदन दिने म्याद थपिएकाे छ। उनीहरुले साउन १७ गतेसम्म सेयरका लागि आवेदन दिन पाउनेछन्।
जारी पूँजी ८० करोड रुपैयाँकाे ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि निष्काशन गरिएकाे हाे । यसका लागि दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का जनताले आवेदन दिन पाउनेछन्।
यस्तै कम्पनीले २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि बिक्रीमा ल्याएकाे थियाे । लगानीकर्ताले घटीमा १० र बढीमा १ लाख कित्तासम्मकाे माग गर्न सक्नेछन्का । उता वैदेशिक रोजगारमा गएकाहरुले ५० हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीले ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति २७ वर्ष बाँकी छ।
लगानीकर्ताले कम्पनीकाे रजिष्टर्ड कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । गौरीसंकर गाउँपालिकाको कार्यालय र सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यस्तै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




