
काठमाडौं,२ साउन। नेपाल राष्ट्र बैंकले जारी गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीति अर्को सातामात्र जारी गर्ने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी देश बाहिर रहेकाले मौद्रिक नीतिकाे जारी मिति पछि सरेकाे हाे।
गभर्नर सहित नेपाल राष्ट्र बैंकका वरिष्ठ कार्यकारी निर्देशक देवकुमार ढकाल समेत देश बाहिर रहेका र तयारी गर्न अझै केहि समय लाग्ने भएकाे हुदाँ याे साता मौद्रिक नीति सार्वजनिक नहुने भएको बताइएकाे छ। सम्पत्ति शुद्धीकरणका विषयकाे कार्यक्रममा भाग लिन गभर्नर अधिकारीको नेतृत्वमा ३० जनाको टोली अहिले क्यानडामा छन।
गभर्नर अधिकारी बुधबार नेपाल फर्किएपछि बिहीबारबाट राष्ट्र बैंकको काममा फर्किने छन्। यसो हुँदा मौद्रिक नीतिको छलफल गर्न समय अपुग भएकाे हाे । अागामी बिहीबार र शुक्रबारभित्र व्यवस्थापन समिति र संचालक समितिमा छलफल गरेपछि राष्ट्र बैंकको आन्तरिक कार्यविधि अनुसार मौद्रिक नीति साउनको ७ गतेसम्म जारी गरिसक्नु पर्नेछ।
तर यो आन्तरिक कार्यविधि भएकाले केन्द्रीय बैंकले यसलाई पालना नगर्न पनि सक्ने राष्ट्र बैंक स्राेतले बतायाे । राष्ट्र बैंक स्रोतका अनुसार अबकाे मौद्रिक नीति ढिलोमा मंगलबारसम्म जारी भइसक्नेछ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




