काठमाडौं, २ साउन । नेप्सेको उकालोको यात्राले आज पनि निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिदा लगानीकर्ताहरु उत्साहित भएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०४ अंकले बढेर ४०७.१३ विन्दुमा पुगेको छ ।
१३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी ७ वटामा हरियो लागेको छ । उनीहरुको सेयरम बढेको छ । यसदिन कुल २५५ कित्ता सेयरको खरिदबिक्री भएको छ । उनीहरुको ८६ लाख ७६ हजार ४३८ कित्ता सेयरको कारोबारबाट ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ १३ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी पिबिडव्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भएको छ । संस्थाको २१ करोड ७७ लाख ३९ हजार ८६३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै बिपिडव्लु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ५.१४ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




