नेप्सेको उकालोको यात्रा यथावत, ३ अर्ब बढीको कारोबार

- युनाईटेड अजोड इन्स्योरेन्सको कारोबार अब्बल

-



     सफल आवाज    
     श्रावण ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ साउन । केहि दिनदेखि लगातार नेप्से उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजार सकारात्मक लयमा देखिएपछि लगानीकर्तामा उत्साह थपिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.३३ अंकले बढेर ४१०.४६ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्येमा ५ वटामा हरियो लागेको छ । बाँकी ८ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल २६० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ८६ लाख ७४ हजार १०९ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९ सय रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै युनाईटेड अजोड इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको २३ करोड ५७ लाख ४५ हजार ४५७ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बिपिडव्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनआईबिएल समृद्धि फण्ड २ को सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ९.६४ प्रतिशतले घटेको छ ।