प्रि ओपन सेसन : नेप्सेमा सामान्य अंककाे बृद्धि

-



     सफल आवाज    
     श्रावण ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ साउन । साताको सेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा सकारात्मक लय देखिएकाे छ ।

यद्यपि बजार बन्द हुँदाकाे अवधिसम्म आराेह र अवराेहकाे क्रम भने चलि नै रहन्छ । यसदिन नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा उक्लिएपछि सेयर बजार बन्द भएको थियाे । आज नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.४६ अंक बढेर २१६५.७० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.२९ अंकले बढेको छ।

यसदिन प्रि ओपनमा २३ वटा कम्पनीहरुकाे सेयर काराेबार भएकाे छ । उनीहरुकाे ३० लाख ४४ हजार ९९६ रुपैयाँ बराबरको ६ हजार ६७२ कित्ता सेयर किनबेच भएकाे छ। यसमा १३ वटाकाे सेयरमूल्य मूल्य बढेको छ । ८ वटाकाे मूल्य घटेको नेप्सेले जनाएकाे छ । २ वटाकाे सेयरमूल्य स्थिर रहेको छ।