शुक्रबार अमेरिकी डलर र यूरोको भाउ घट्यो

-



     सफल आवाज    
     श्रावण ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोसहित अन्य केहि देशको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रिदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । यूरो १ को खरिददर १४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५३ रुपैयाँ १२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४६ पैसा बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ७० पैसा र बिक्रीदर १०० रुपैयाँ १५ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४० पैसा रहेको छ ।

आजको मूल्यसूची :