निफ्राको नाफामा ४२.७१ प्रतिशतले बृद्धि, ईपीएस कति ?

-



     सफल आवाज    
     श्रावण ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले नाफामा सुधार गरेकाे छ । बैंककाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रकाशित वित्तीय विवरणका अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही समयकाेभन्दा बढेको देखिन्छ।

बैंकका अनुसार १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा भएकाे छ। यो नाफा अघिल्लो पटककाे साेहि समयकाे भन्दा ४२.७१ प्रतिशतले बढी हो। साे अवधिमा बैंककाे नाफा रुपैयाँ १ अर्ब २ करोड २५ लाख थियाे ।

बैंककाे खुद ब्याज आम्दानी तथा कमिशनमा भएकाे बृद्धिसँगै नाफा बढेकाे हो। बैंकको खुद ब्याज आम्दानी ४४.७५ प्रतिशत तथा खुद फि कमिशन आम्दानी १३६.३७ प्रतिशतले बढेको पाइएकाे छ। कुल सञ्चालन नाफा ४५.२१ प्रतिशत र सञ्चालन नाफा ४२.६८ प्रतिशतले बढेको छ। गत वर्षकाे असारकाे अन्त्यसम्म वितरण योग्य मुनाफा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ रहेको जनाइएकाे छ।

बैंकको प्रतिशेयर आम्दानी इपिएस २ रुपैयाँ २ पैसा बढेर ६ रुपैयाँ ७६ पैसा कायम भएकाे छ। बैंकको मूल्य आम्दानी रेसियाे ३३.१६ गुणा र नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेकाे छ । यसकाे जगेडामा २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ रहेकाे छ। निक्षेपमा १०३.५७ प्रतिशत बृद्धि भएकाे छ भने कर्जा २९.६१ प्रतिशतले बढेको छ।