प्रि ओपन सेसन : नेप्सेमा सामान्य अंककाे बृद्धि

-



     सफल आवाज    
     श्रावण ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ साउन । साताको सेयर काराेबार हुने दोस्रो दिन साेमबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसन सकारात्मक लयमा देखिएकाे छ । यसदिनकाे प्रि ओपन सेसनमा नेप्सेमा सामान्य अंककाे बृद्धि भएकाे छ ।

यसअघि आइतबार नेप्सेमा ६३.२४ अंककाे बृद्धि भएर २२२७.१६ विन्दुमा उक्लिइ बजार बन्द भएकाे थियाे । साेमबारकाे यस सेसनमा नेप्सेमा ०.०४ अंककाे बृद्धि भएर २२२७.२१ विन्दुमा चढेकाे छ। सेन्सेटिभ इण्डेक्स ०.५३ अंकले घटेको छ।

आजकाे प्रि ओपन सेसनमा ४७ स्टकले ३९ लाख ५० हजार ४९२ रुपैयाँ बराबरको काराेबार गरेका छन् । उनीहरुकाे १२ हजार २३७ कित्ता सेयरकाे काराेबार भएकाे हाे । उनीहरुमध्ये २५ कम्पनीहरुकाे सेयरमूल्य बढेको छ । १२ वटाकाे सेयरमूल्य घटेको छ। बाँकी १० वटाकाे स्थिर रहेको छ।