आउने दिनमा बैंक ब्याजदर अझै घट्छ : अध्यक्ष केसी

-



     सफल आवाज    
     श्रावण ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ साउन । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आउने दिनमा बैंककाे ब्याजदर अझै घट्ने जानकारी दिएका छन् ।

संघले हिजाे गरेकाे पत्रकार सम्मेलनमा उनले बैंककाे ब्याजदर घट्ने बताएका हुन् । साे अवसरमा उनले राष्ट्र बैंकले गरेको निर्देशनमा असारमा स्प्रेड दर ४ प्रतिशतमा झारेकाेले अब आउने दिनहरुमा ब्याजदर थप घट्दै जाने बताए ।

केसीले व्यवसायीहरुले माग गरे अनुसार नै ब्याजदर घट्दै गएको बताए । पत्रकार सम्मेलनमा केसीले नेपाल राष्ट्र बैंकले ल्याएकाे चालु आर्थिक वर्षको मौद्रिक नीति समग्रमा राम्राे रहेकाे बताए ।

केसीले निजी क्षेत्रमा हुने कर्जाको सीमा कम भएको देखिएपनि चालु आर्थिक वर्षमा ६.५ खर्ब रुपैयाँ कर्जा प्रवाह हुने आकलन गरिएको बताए । उनले भने, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहलाई जोड दिनु सकारात्मक कुरा हाे ।