
काठमाडौं, १० साउन । लक्ष्मी भ्यालु फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप गरिएकाे छ। लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साउन ५ गतेदेखि निष्काशन गरेकाे साे इकाईमा म्याद थपिएपछि साउन १९ गतेसम्म आवेदन दिन पाइने भएकाे हाे।
साे फण्डकाे प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीका लागि जारि गरिएकाे हो। कुल बिक्री भएको इकाईको १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकका लागि रहेकाे छ । बाँकी ८ करोड ८० लाख इकाई सर्वसाधरणका लागि हो।
लगानीकर्ताले घटीमा १०० इकाई र बढीमा ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । फण्डको इकाईलागि ताेकिएकाे अवधिमा ५० प्रतिशत अर्थात ४ करोड इकाईका लागि निवेदन परेमा इकाईको बाँडफाँट हुने भएकाे छ ।
यो एक बन्दमुखी योजना हो। क्यापिटलका अनससार न्यूनतम संख्यामा इकाई बिक्री नभए योजनालाइ खारेज गरी १५ दिन भित्रमा आवेददकहरुको रकम फिर्ता हुनेछ ।
यसकाे अवधि १० वर्ष अवधिको रहेकाे छ । लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




