सेयर बजार राताम्मै, करिब साढे २ अर्बको कारोबार

- शिवम सिमेन्टको कारोबार अब्बल

-



     सफल आवाज    
     श्रावण ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-०८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको दिनको भोलिपल्टबाट ओरालो लागेको सेयर बजारको यात्रा अझैं रोकिएको छैन ।

मौद्रिक नीति २०८० साल साउन ७ गते सार्वजनिक भएको थियो । सो दिनमा सेयर बजारमा उछाल आएपनि त्यसपछिका दिनमा दिनहुँ घटिरहेको छ ।

साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा झरेको छ । नेप्सेमा १.३७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.२६ अंकले घटेर ४०३.८४ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । नेपाल स्टक एक्सचेन्जले जनाए अनुसार २७१ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयरको कारोबारबाट २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको १० करोड ५७ लाख ५९ हजार ९६६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआईसि एशिया फ्लेक्सि क्याप फण्डको सेयरमूल्य बढेको छ । सो फण्डको सेयरमूल्य ७.३९ अंकले बढेको हो । सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.६८ प्रतिशतले घटेको हो ।