काठमाडौं, १५ साउन । लगातार ओरालो लाग्दै आएको सेयर बजारमा सोमबार आठौं दिनमा झिनो अंकले बृद्धि भएको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन नेपाली सेयर बजारमा सकारात्मक माहोल बनेपछि अब पुनः उकालोको यात्रामा जान्छकी भन्ने अपेक्षा बढेको छ ।
नेपाल राष्ट्र बैंकले साउन ७ गते मौद्रिक नीति सार्वजनिक गरेकै दिनमा उछाल आएको नेप्सेमा त्यसको भोलि पल्टबाट लगातार ओरालो लागेको थियो ।
आईतबार मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८०÷०८१ को मौद्रिक नीति नीतिगत रुपमै सुधारका लागि आएको र वजेटमैत्री भएको बताएका थिए । यो लगानीकर्तामुखि भएको आशय व्यक्त गरेका थिए । त्यसको सकारात्मक प्रभाव यसदिन देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक झिनो ५.८४ अंकले बढेर २१०६.१८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.१८ अंकले बढेर ४०१.८५ विन्दुमा पुगेको छ ।
यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । कुल २६२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयरको कारोबारबाट १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँ ७३ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ८ लाख ८६ हजार ६०५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सनसाइन ब्लुचिफ फण्डको सेयरमूल्य बढेको छ । फण्डको सेयरमूल्य ७.१० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ४.३१ प्रतिशतले घटको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




