मनकामना इन्जिनियरिङ्गको आईपीओ बाँडफाँड सम्पन्न

-



     सफल आवाज    
     श्रावण १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ साउन । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरडको सेयर आईपीओ बाँडफाँड आज बिहान सम्पन्न गरिएकाे छ। साे सेयर बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा बाँडफाँड गरिएकाे हाे ।

असार १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका जनताका सेयर खुलाइएकाे थियो। जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशतले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि रहेकाे छ ।

स्थानिय लगानीकर्ताले १ लाख ८३ हजार ३८० कित्ताका लागि आवेदन दिएका थिए। कम्पनी जनाए अनुसार लगानीकर्ताले माग गरे अनुसारकाे सेयर बाँडफाँड गरिएकाे छ।

२ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर वैदेशिक रोजगारमा गएकाहरुकाे लागि रहेकाे छ । सेयरमा २५ हजार २१९ आवेदकले ६ लाख २६ हजार ८१० कित्ता माग गरेका थिए । यसमा बढी माग भएकाेले २० हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्।