सुन तोलाको १ लाख १३ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     श्रावण १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ४ सय र चाँदीमा रुपैयाँ २५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ४ सायले बढेर तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले बढेर तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।