अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

-



     सफल आवाज    
     श्रावण १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोलगायत अन्य केहि देशको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर १३१ रुपैयाँ ९२ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ १९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ३ पैसा र बिक्रीदर १५० रुपैयाँ ७१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ११ पैसा बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसा रहेको छ ।

आजको मूल्यसूची