सिनर्जी पावरकाे हकप्रद सेयर साउन २५ गतेदेखि आउदै

-



     सफल आवाज    
     श्रावण १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर बिक्रीमा ल्याउने भएकाे छ । कम्पनीले साउन २५ गतेदेखि हकप्रद सेयर खुलाउने भएकाे जनाएकाे हाे ।

हाल कायम रहेकाे २ कित्ता बराबर नयाँ १ कित्ता सेयर बिक्रीमा ल्याउन लागिएकाे हाे । कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता सेयर बिक्रीमा ल्याउनेछ ।

हकप्रद सेयर निष्काशनकाे प्रयोजनका लागि साउन १२ गते बुकक्लोज भइसकेकाे छ । यसका लागि सेयरधनीहरुले साउन ११ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । हकप्रद सेयरमा आवेदन पेश गर्ने मिति भदौ १३ गतेसम्म ताेकिएकाे छ ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सानिमा क्यापिटल तथा तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। साथै सेबाेनबाट अनुमति लिएका सिआस्वा सेवामा रहेका बैंक, वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइनबाट आवेदन दिन पाइनेछ।

अहिले कम्पनीको चुक्ता पूँजी रु ८० करोड ६५ लाख ७५ हजार रहेकाे छ। हकप्रद सेयर बिक्रीपछि चुक्ता पूँजी रु १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्ने भएकाे छ।

कम्पनीले दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ८ र ९ मा सिप्रिङ खोलाबाट १० मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिरहेको छ। सोलुखुम्बुमा निर्माण गरिने २२ मेगावाटको मध्य होङ्गु खोला ‘ए’ जलविद्युत आयोजनामा ४४ करोड २६ लाख ८६ हजार रुपैयाँ लगानी गर्ने बताएकाे छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।