नेप्से २०८६.८४ विन्दुमा उक्लियो, करिब २ अर्बको कारोबार

- शिवम सिमेन्ट कारोबारमा अब्बल

-



     सफल आवाज    
     श्रावण १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ साउन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । बितेका १० दिनमा लगातार ८ पटक, एक दिन बिराएर एक गरी नेप्से १० पटक ओरालो लागिसकेको छ ।

लगानीकर्ताले आर्थिक वर्ष २०८०÷०८१ को वजेट तथा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिपछि नेप्सेमा सकारात्मक माहौल बन्ने अपेक्षा गरेको भएपनि त्यसो हुन सकेको छैन ।

यद्यपि नियमन निकाय र सरोकारवालाहरुले अर्थबजारका पक्षमा आफुहरु सकारात्मक रहेको बताउदै आएका छन् । तर पनि लगानीकर्ताहरु बेखुसि भएकै कारण बजार यथास्थितिमा रहिरहेको जानकारहरु बताउँछन् । बजारमा स्थिर खालको सकारात्मक लय कहिले आउने हो त्यो भने भविष्यको गर्भमै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४४ प्रतिशले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १.५६ अंकले बढेर ३९८.२८ विन्दुमा पुगेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ ।

कुल २६९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९३ लाख ६१ हजार ७८६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८५६ रुपैयाँ १३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडकोे कारोबार भएको छ । कम्पनीको ११ करोड १९ लाख ३ हजार ५१९ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै आरबिबि म्युचुअल फण्ड १ को सेयरमूल्य बढेको छ । सो फण्डको सेयरमूल्य ४.१४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै प्रभु स्मार्ट फण्डले गुमाएको छ । सो फण्डको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।