अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्य देशको घट्यो

-



     सफल आवाज    
     श्रावण १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ४१ पैसा बिक्रीदर १४५ रुपैयाँ ६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ९३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २५ पैसा बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ८१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८६ पैसा रहेको छ ।

आजको मूल्यसूची