एनआईसी एशिया क्यापिटलद्धारा संचालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको १० प्रतिशत प्रतिफल घोषणा

-



     सफल आवाज    
     श्रावण १९ गते २०८० मा प्रकाशित



काठमाडाैं, १९ साउन। एनआईसी एशिया क्यापिटल लिमिटेडको श्रावण १९ गते शुक्रबार बिहान बसेको संचालक समितिको १२९औं बैठकले आर्थिक वर्ष २०७९-०८० को लागि एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।

उक्त प्रतिफल मिति २०८०-०४-१९ गतेसम्म कायम भएका इकाईधनीहरुलाई वितरण गर्ने गरि इकाईधनी दर्ता किताब बन्द गरिएको एनआईसी एशिया क्यापिटलले जनाएकाे छ। ।

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिने प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरी संचालन गरिरहेको समेत बताइएकाे छ।