प्री ओपन सेसन : नेप्सेमा ५.५७ अंककाे बृद्धि

-



     सफल आवाज    
     श्रावण २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ साउन । साताको सेयर काराेबार हुने पहिलो दिन आज आइतबार नेप्से प्री ओपन सेसनमा सकारात्मक माहाेल देखिएकाे छ । प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ । यसरी बढेकाे नेप्से परिसूचक २०९५.४२ उक्लिएकाे छ ।

यसअघि बिहीबार ३ अंकले बढेर २०८९.८४ विन्दुमा बजार बन्द भएको थियाे । आज प्री ओपन सेसनमा नेप्से परिसूचक ५.५७ अंकले बढेर २०९५.४२ विन्दुमा पुगेको हाे । सेन्सेटिभ इण्डेक्स १.४५ अंकले बढेको छ।

आज प्रि ओपन सेसनमा ३८ कम्पनीकाे ७० लाख २५ हजार ८९० रुपैयाँ बराबरको काराेबार भएकाे छ । उनीहरुकाे २३ हजार ३२८ कित्ता सेयरकाे सेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार १६ कम्पनीहरुकाे सेयरमूल्य बढेको छ । १६ स्टकको सेयरमूल्य घटेको छ । ४ वटाकाे मूल्य भने स्थिर रहेकाे छ ।