सेयर बजार राताम्मै, सानिमा बैंक कारोबारमा अब्बल

-



     सफल आवाज    
     श्रावण २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ साउन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार राताम्मै भएको छ । सेयर बजारमा देखिएको नकारात्मक लयले लगानीकर्ताहरुको उत्साह घटाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा झरेको छ । नेप्सेमा १.८३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.५२ अंकले घटेर ३९२.०२ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । कुल २६५ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ८० लाख ७ हजार ३६१ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ६८ करोड ७१ लख ४८ हजार २३४ रुपैयाँ ५५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सानिमा बैंक लिमिटेडको सेयर कारोबार भएको छ । बैंकको १२ करोड ६९ लाख ८२ हजार ३०३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी आइएमई लाईफ इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.५९ प्रतिशतले घटेको हो ।