अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको बढ्यो

-



     सफल आवाज    
     श्रावण २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५
पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रिदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ८९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसा रहेको छ ।

आजको मूल्यसूची