सोमबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     श्रावण २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा गिरावट भएको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ १०० ले घटेको जनाएको छ । चाँदीको भाउ आईतबारकै कायम गरिएको छ ।

छापावाल सुनमा रुपैयाँ १०० ले घटेर तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १०० ले घटेर तोलाको १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको भाउ स्थिर रहि आईतबारकै भाउमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।