युनाईटेड इदी–मर्दी हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कपनीले आज बैंकिंग समय पश्चात आइपीओ बिक्री बन्द गर्न लागेको हो ।

कम्पनीले मंसिर २ गतेदेखि सर्वसाधारणमा ८ लाख ७३ हजार ९१० कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। उक्त शेयरमा ५ गुणा भन्दा बढी आवेदन परिसकेको छ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको हो ।

त्यस मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।