
काठमाडौं, २३ साउन । नेप्सेमा लगातार गिरावट भईरहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार ओरालोकै यात्रामा गएको छ ।
साउन ७ गते नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ काे मौद्रिक नीति सार्वजनिक गरेकै दिनमा उछाल आएको नेप्सेमा त्यसको भोलिपल्टबाट लागातार ८ दिन र बिचमा सकारात्मक भएर पुनः अधिकांश दिनहरुमा ओरालो लाग्दै आएको छ ।
नेप्सेमा आईरहेको नकारात्मक लयको कारण सेयर बजारका लगानीकर्ताहरु पर्ख र हेरकै स्थितिमा रहेका छन् । आजको राताम्मै भएको सूचकांककाे दृश्यले उनीहरुको मनोवल घटाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक यसदिन २८.४० अंकले घटेर २०१९.८५ विन्दुमा झरेको छ । नेप्सेमा १.३८ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ४.८६ अंकले घटेर ३८५.५६ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरु सबै राताम्मै भएका छन् । यसदिन कुल ६५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४८ लाख ६० हजार ७४१ कित्ता सेयरका कारोबार बाट १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँ ५६ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी आज पनि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको १७ करोड ८९ लाख ३२ हजार २०२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै स्वरोजगार लघुवित्त विकास बैंकको सेयरमूल्य बढेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै १०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८०÷८१ काे सेयरमूल्य घटेको छ । सो डिबेन्चरको सेयरमूल्य ९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




