अमेरिकी डलरको भाउ घट्याे, यूरो बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     श्रावण २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । मंगलबार पनि अमेरिकी डलरको भाउ घटेको थियो । यूरोको भाउ भने यसदिन बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २१ पैसा र बिक्रिदर १३२ रुपैयाँ ८१ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ १० पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ७६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ४७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ २६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७० पैसा रहेको छ ।

आजको मूल्यसूची